ओनसारी घर्ती मगर सभामुखमा निर्विरोध निर्वाचित

ओनसारी घर्ती मगर सभामुखमा निर्विरोध निर्वाचित

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एमाओवादी उम्मेदवार ओनसरी घर्ती मगर सभामुखमा निर्विरोध निर्वाचित भएकी छिन्।

नेमकिपाकी अनुराधा थापाले उम्मेदवारी फिर्ता लिएपछि ओनसारी निर्विरोध निर्वाचित भएकी हुन्।

यसअघि कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सभामुख निर्वाचनमा एमाओवादी उम्मेदवार ओनसरी घर्ती मगर र उपसभामुखमा राप्रपानेपालका गंगाप्रसाद यादवलाई मतदान गर्न सबै कांग्रेस सांसदहरुलाई ह्विप जारी गरेको थियो।

व्यवस्थापिका संसदमा बसेका कांग्रेस नेताको बैठकले घर्ती र यादबलाई मतदान गर्ने निर्णय गरेका हुन्।

उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँलाई निर्वाचित गरियोस् भनी नेकपा (एमाले) का सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

महतोले वडाध्यक्षदेखि सांसद हुँदै राजनीतिक अनुभव प्राप्त गर्नुभएका यादवलाई सो पदमा निर्वाचित गराउन आग्रह गर्नुभयो ।

प्रस्तावलाई समर्थन गर्दै एमाओवादीका सांसद रेखा शर्माले समावेशी र समानुपातिक आधारमा संविधानको कार्यान्वयनका क्रममा निर्विरोध रूपमा सो पदमा निर्वाचित गराउन आग्रह गर्नुभयो ।

बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले यादवको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । उहाँले नवनिर्वाचित यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभयो ।

सो पदमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराए पनि लिखितरूपमा फिर्ता लिइएकाले यादवको मात्र उम्मेदवारी कायम रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध हुनुभएको हो ।

यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचन भए पनि आजको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित हुनुले सत्तापक्ष र प्रतिपक्षका बीचको दूरी घट्ने अनुमान गरिएको छ ।

संसद्को अर्काे बैठक आगामी कात्तिक ७ गते शनिबार दिउँसो ३ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ