प्यूठानमा ढिस्कोले पुरिँदा दुई बालकको मृत्यु

प्यूठानमा ढिस्कोले पुरिँदा दुई बालकको मृत्यु

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

प्यूठान, २९ असोज । दशैँका लागि घर पोत्ने माटो लिन गएका एकै घरका दुई बालकको बिहिवार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

उत्तरी प्यूठानको रजबारा गाविस–८ का मानसिंह घर्तीका १४ वर्षीय छोरा दीपक घर्ती र नौ वर्षीय नोजबहादुर घर्तीको माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

बिहीबार माटो लिन भन्दै गएका दाजुभाइ सम्पर्कविहीन भएपछि परिवारले हिजैदेखि खोजी गरे पनि आजमात्रै ढिस्कोले पुरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

घर पोत्ने माटो लिन भन्दै दाजुभाई बिहीबार अपरान्ह घरदेखि २० मिनेट टाढा माटो खन्न गएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ