सभापति कोइराला र चिनियाँ राजदूतबीच भेटवार्ता

सभापति कोइराला र चिनियाँ राजदूतबीच भेटवार्ता

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २९ असोज । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला र चिनियाँ राजदूत वु चुन्ताइबीच आज भेटवार्ता भयो ।

काँग्रेस नेता डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटमा नेपाल र चीनबीचको सम्बन्ध र नेपालको विकासमा चीनले गरेको सहयोगका दुई पक्षबीच छलफल भएको थियो ।

भेटमा राजदूत वुले नेपालको संविधान निर्माणमा सभापति कोइरालाले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभएको सभापति कोइरालाका परराष्ट्र मामिला सहयोगी डा दिनेश भट्टराई राससलाई जानकारी दिनुभयो ।

राजदूत वुले नेपाल र चीनबीच रहँदैआएको सरकार, पार्टी र जनताबीचको सम्बन्धबारे चर्चा गर्दै भविष्यमा पनि यो सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

डा भट्टराईका अनुसार सभापति कोइरालाले नेपालको विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गर्दै आफूहरु नेपालको एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ