नेपाल आर्मी राष्ट्रिय लिग फुटबलको उपविजेता बन्यो

नेपाल आर्मी राष्ट्रिय लिग फुटबलको उपविजेता बन्यो

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २९ असोज ।

रेडबुल राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब उपविजेता बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै आर्मीले सफलता हात पारेको हो ।

आर्मीलाई जिताउन टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ र टंक बस्नेतले एक–एक गोल गरका थिए ।

नवयुग अहिलेसम्म १४ गोल गर्दै सर्वजनिक गोलकर्ताको शीर्ष स्थानमा छन् । यो खेलसँगै आर्मीलको जारी लिग सकिएको छ ।

अन्तिम भिडन्तमा भोली मनाङ–मर्स्ङ्दी र थ्रीस्टार क्लब भिड्दै छन् । दुई टिमको भिडन्तसम्म आर्मी ३३ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङ र थ्रीस्टारबीचको खेल बराबरीमा सकिए आर्मीसँग समान अंक भए पनि ‘अवे’ गोलका आधारमा थ्रीस्टार च्याम्पियन बन्नेछ ।

विजेताले एक करोड, उपविजेताले ५० लाख तथा तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख रुपैयाँ हात पार्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी