काठमाडौं, २९ असोज ।
गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
यसै क्रममा आज दिउँसो २ बजेर २८ मिनेटमा एउटा पराकम्प गएको छ ।
दोलखाको सुनखानीनजिकै तामाकोसीको किनार आसपासलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ रेक्टरस्केलकोे पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, गत बिहीबार सिन्धुपाल्चोकको टिम्बुनजिकै मेलम्ची हेलम्बु सडक आसपासलाई केन्द्रबिन्दू बनाएर ४ दशमलव १ रेक्टरस्केलको पराकम्पन गएको थियोे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
