सहज आपुर्ति गर्न माग गर्दै निगमलाई माओबादीको ध्यानकर्षण पत्र

सहज आपुर्ति गर्न माग गर्दै निगमलाई माओबादीको ध्यानकर्षण पत्र

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,२९ असोज ।

नेत्र बिक्रम चन्द “बिप्लब” नेतृत्वको नेकपा माओबादीले बिगत ६५ दिनदेखी देखी पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन नसकेको भन्दै आयल निगमलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
माओबादी काठमाण्डौ जिल्लाका सचिब पुष्कर श्रेष्ठको नेतृत्वमा गएको टोलीले इन्धनको सहज आर्पुर्ति गर्न माग गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको हो ।
बिगत ६५ दिनदेखी बिभिन्न बन्द हड्तालसंगै भारतले गरेको नाकाबन्दी कारण आर्पुति सहज नहुदा नेपाली जनता मार परेको भन्दै माओबादीले तत्काल सहज आपुर्ति गर्न सरकारले तदारुकता नदेखाए संर्घणका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
माओबादीले दिएको ध्यानकर्षण पत्र बुझदै आयल निगमका कार्यकारी निर्देशक खड्काले अघोषित नाकाबन्दी पश्चात इन्धनको समस्या भएकाले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताउदै दशैलाई मध्यनजर गर्दै सार्बजनिक सवारीलाई प्राथमिकताका साथ इन्धन उपलब्ध गराएको बताउनु भयो ।

उहाले यस्तै स्थीति रहे सुरक्षा निकाय बाहेक अरुलाई इन्धन उपलब्ध गराउन नसकिने बताउनु भयो । आयल निगमको जिम्मेवारी इन्धन बितरण गर्नुमात्र रहेको बताउदै खड्काले आर्पुर्ति सहज बनाउन सरकार समक्ष माग गरेको जानकारी दिनुभयो । माओबादीले आयल निगमले सरकारी सबारी साधनलाई मात्र इन्धन दिएको भन्दै आपत्ती जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी