मुलुकको प्रमुख नाका ठप्प, इन्धन आपूर्ति अझै असहज

मुलुकको प्रमुख नाका ठप्प, इन्धन आपूर्ति अझै असहज

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २९ असोज ।

भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ ।

इन्धन भर्न गएका नेपाली ट्यांकरहरुलाई भारतीय डिपोहरुले ‘माथिको आदेश’ भन्दै न्युन मात्रामा तेल दिएकाले अवरोध नभएका नाकाबाट पनि पर्याप्त मात्रामा इन्धन आउन नसकेको हो ।

विराटनगरको रानी भन्सार नाकाबाट आज बिहानसम्ममा १ सय ८१ मालवाहक सवारीसाधन नेपाल आएकोमा २३ ट्यांकर डिजेल, पेट्रोल १५ ट्यांकर र ग्यांसका १५ बुलेट नेपाल आएका छन् ।

सुनौली–भैरहवा नाकाबाट हिजो ७ वटा डिजेल, २ वटा पेट्रोल र ६ वटा ग्यास बुलेटसहित १ सय २० वटा गाडि नेपाल भित्रिएका छन् ।

यस्तै बाँकेको नेपालगन्ज–रुपैडिहा भएर हिजा १३ वटा डिजल, एउटा पेट्रोल र २ वटा हवाई ईन्धनसहित ७२ ओटा समान बोकेका गाडी नेपाल भित्रिएका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी