काठमाडौँ, २९ असोज ।
इन्धनको अभावले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा निर्माण भइरहेको अत्याधुनिक पानी प्रशोधन केन्द्रको कामसमेत प्रभाबित बनेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा ल्याएपछि प्रशोधन गरी वितरण गर्नका लागि निर्माण भइरहेको केन्द्रको काम डिजेलको अभावले नै रोक्नुपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची खोलाबाट दैनिक ल्याइने १७ करोड लिटर पानी प्रशोधनका लागि गोकर्णेश्वर नगरपालिका–३ को महाँकालमा अधिग्रहण गरिएको १०२ रोपनी जग्गामा पहिलो चरणमा साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको समितिका वरिष्ठ इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline