काठमाडौ २९ असोज ।
रेडबुल राष्ट्रिय लिगमा आज दुई विभागिय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्न एन्फा कम्प्लेक्स सात दोबाटोमा हुनेछ ।
लिगको उपाधि होडबाट बाहिरिइसकेको आर्मी क्लबको दोस्रो हुने सम्भावना जिवित राख्न आज जित्नैपर्ने दबाब छ ।
आजको खेलमा जीत हात पार्न सके अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मी शीर्ष स्थानमा उक्लिनेछ ।
तर भोलि हुने मनाङ मर्स्याङ्दी क्लव र थ्रीस्टार क्लवबीचको खेलपछि भने आर्मीले त्यो अग्रता गुमाउनेछ ।
यसअघि हिजो भएको खेलमा मोफसलको झापा–११ ले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको छ । चौथो स्थानमा रहँदै राष्ट्रिय लिग सकाएको छ ।
जीतसँगै १६ खेलबाट २७ अंकका साथ झापा चौथो स्थानमा सिमित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline