फरार अभियुक्त हतियारसहित पक्राउ

फरार अभियुक्त हतियारसहित पक्राउ

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

रुकुम, २९ असोज ।

विभिन्न समयमा चोरी, लुटपाटलगायत आपराधिक घटनामा संलग्न रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम जिल्ला हुकाम गाविस– ९ डिमुरगैराका ३३ वर्षीय शेरबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी हुकामका प्रहरी सहायक निरीक्षक धर्मानन्द भट्टको नेतृत्वमा खटिएको टोलीले सुनारलाई उनकै घरबाट पक्राउ गरेको हो । सुनारको साथबाट नाइन एमएम अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलमा प्रयोग हुने गोली १२ राउन्ड, ३८ बोर पेस्तोलको चार राउन्ड गोली तथा विभिन्न हतियारमा प्रयोग हुने ३२ राउन्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

डोल्पा जिल्ला साल्दाङ गाविस– १ मा डाँका चोरी गरी घटनास्थलबाट फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ। साथै रुकुम जिल्लाको पूर्वी इलाकामा भएका अन्य लुटपाटका घटनामा समेत सुनार संलग्न हुनसक्ने भन्दै सोही बमोजिम अनुसन्धान भइरहेको उपरीक्षक थपलियाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ