अण्डर १९ बिश्ककप छनौट:राजुले शतक बनाए

अण्डर १९ बिश्ककप छनौट:राजुले शतक बनाए

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौं ,२९ असोज ।

मलेशियामा जारी आइसीसी अन्डर १९ बिश्बकप क्रिकेट छनौट प्रतियोगितामा नेपालले अहिले युगान्डासंग खेलीरहेको छ । मलेशियाको किन्नारा ओभर मैदानमा टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालका कप्तान राजु रिजालले शतक प्रहार गरेका छन् । उनले १ सय १६ बल खेल्दा १ छक्का र सात चौका प्रहार गरेका छन् ।

योगेन्द्र कार्की ३० रनमा आउट भए।  ओपनर सन्दीपर सुनार २ रनमा आउट भए पछि फेरी अर्का ओपनर सुनील धमला ७ रनमा आउट भएका छन् । उनी एलबी डब्लु धरापमा परेका थिए ।

हिजो आफनो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पपुवा न्युगीनीलाई ९ विकेटले पराजित गरेको नेपाल आज अर्को जित हात पार्न चाहान्छ । हिजोको खेलमा शसक्त बलिङ नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा ९ दशमलव १ ओभरमा पुरा गर्यो ।

नेपालका लागि सुनिल धमलाले २४, योगेन्द्र सिंह कार्कीले १६ रन र सन्दीप ४ रनमा आउट भएका थिए । नेपालले २८.२ ओभरमा अल आउट गर्दा सुनिल धमलाले ४ आरीफ शैख,३ र ससील कडेलले ३ विकेट लिएका थिए ।

बिश्वकप छनौटमा नेपालले कात्तिक १ गते अमेरीका र कात्तिक ४ गते आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी