आगलागीपछि विद्युत् आपूर्ति बन्द

आगलागीपछि विद्युत् आपूर्ति बन्द

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनगढी, २८ असोज । कैलाली जिल्लाको पूर्वी सीमा क्षेत्रको लम्की–चुहा नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा आज आगलागी हुँदा ठूलो क्षति पुगेको छ ।

विद्युत प्राधिकरणको अत्तरिया ग्रिड कार्यालयका प्रमुख परीको चौधरीले सवस्टेशन नजिक रहेका घरका जस्तापाता हावाहुरीले उडाई जस्तापाता प्रसारण लाइन र वितरण लाइनमा ठोक्किएपछि भएको विद्युत् प्रवाह भएपछि सवस्टेशनमा आगलागी भएको जानकारी दिनुभयो ।

आगलागीबाट ठूलो क्षति पुगेको भए पनि यसको यकिन विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो । आगलागीसँगै सो क्षेत्रमा बन्द भएको विद्युत् आपूर्ति अझै सञ्चालन हुन सकेको छैन ।

भोलिसम्म सबै क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालन हुने चौधरीले बताउनुभयो ।

विद्युत् सवस्टेशनमा लागेको आगो स्थानीयवासी प्रहरी सेनाको टोलीले टीकापुर नगरपालिकाको दमकलको सहायतामा निभाइएको थियो ।

बिहान चलेको हावाहुरीसँगै लम्की–चुहा नगरक्षेत्रका जस्तापाताले छाएका कैयाँै घरका जस्तापाता उडाई क्षति पु¥याएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ खनालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी