काठमाडौँ, २८ असोज । रातो मछिन्द्रनाथको आगामी कात्तिक १ गते पुनः दोस्रोपटक भोटो देखाइने भएको छ ।
हरेक वर्ष जावलाखेलमा भोटो देखाएपछि रथ जात्रा समापन हुने भए पनि यस वर्ष देवताको १२ वर्षे रथ जात्रा परेकाले जावलाखेल र बुङमती गरी दुई स्थानमा भोटो देखाउने प्रचलनअनुसार आगामी १ गते पुनः भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार अन्य समयमा जावलाखेलमा भोटो देखाए पनि मछिन्द्रनाथको भोटो देखाउने जात्राको अन्त्य हुने भए पनि यस वर्षको मेलालाई विशेष रुपमा लिने भएकाले रथ निर्माण गरिएको स्थान बुङमतीमा पनि भोटो देखाउन लागेको हो ।
प्रत्येक १२÷१२ वर्षको रथ जात्रालाई विशेष महत्वका साथ लिने भएकाले यस वर्ष जावलाखेलमा भोटो देखाएपछि रथलाई तानेर बुङमती पु¥याएको चौँथौ दिन भोटो देखाउनुपर्ने भएकाले १ गते भोटो देखाउन लागिएको पुजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो ।
बुङमतीमा भोटो देखाउन आज रथलाई छ्यासीकोटबाट बुङमती लगिएको छ । कात्तिक १ गते भोटो देखाएपछि छ महिनाअघि सुरु भएको रथ जात्राको विधिवत् रुपमा अन्त्य हुने छ ।
रथ जात्राअन्तर्गत गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेकामा १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले पुनःनिर्माणपछि यही असोज ४ गते फेरि रथारोहण गरी ५ गतेदेखि जात्रा सुरु भएको थियो ।