केरुङ नाकाबाट ६ महिनापछि सामान आयात निर्यात सुरु

केरुङ नाकाबाट ६ महिनापछि सामान आयात निर्यात सुरु

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २८ असोज ।

रसुवासँग सीमाना जोडिएको चीनको केरुङ नाकाबाट ६ महिनापछि आजदेखि सामान आयात निर्यात सुरु भएको छ ।

नेपाल तर्फको सडक पहिल नै सञ्चालनमा आएपनि चीनतर्फको सडक सञ्चालनमा नआउँदा नाका ुिचारु हुन सकेको थिएन् ।

आजबाट केरुङ नाका पुनः सञ्चालनमा आएको रसुवाका भन्सार प्रमुख केदार पनेरुले जानकारी दिनुभयो ।

नाका खुलाउनका लागि हिजो नै बाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइराला नेतृत्वको टोली र नेपालस्थित चीनियाँ दूतावासका प्रथम सचिवसहितको टोली केरुङ पुग्नुभएकाृ थियोे ।

बैशाख १२ गतेको भूकम्पका कारण बन्द भएको केरुङ नाका १० दिनअघि नै खुलेपनि सामान आयात निर्यात हुन सकेको थिएन । भूकम्पकै कारण चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पनि बन्द छ ।

नाका सञ्चालनमा आएकै दिन चीन सरकारले नेपाललाई ६ ट्रक खाद्यान उपहार दिएको छ ।

सन् २०१२ मा केरुङ भन्सारलाई अन्तर्रा्ष्ट्रिय भन्सारको रुपमा विकास गर्दै यस नाकाबाट चीनले भारतसहित दक्षिण एशियाली देशमा जोड्न खोजेकाले पनि यो नाकालाई चीनले पहिलो प्राथमिकतामा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी