काठमाडौ २८ असोज ।
सहमतिका आधारमा सभामुखको उम्मेद्धार तय गर्न संसद सचिवालयले दिएको म्याद सकिएको छ ।
तोकिएको म्यादमा सहमतिको उमेद्वार नआएकाले अब शुक्रबार बहुमतीय आधारमा सभामुख निर्वाचनको प्रक्रिया अघि बढ्ने भएको छ ।
सहमतिको म्याद सकिएको जानकारी दिँदै संसद सचिवालयका सहप्रवक्ता शुदर्शन कुइँकेलले भन्नुभयो ‘सहमतिका लागि दिइएको समयसीमा सकिएको छ, यो अवधिमा कसैले पनि सहमतिको उमेद्वारी नदिएकाले अब भोलिबाट बहुमतीय प्रक्रिया शुरु हुन्छ ।’
बहुमतीय प्रक्रियामा जाँदा सत्तापक्षले एमाओवादीका तर्फबाट ओनसरी घर्तीलाई सभामुखको उमेद्वार बनाउने भएका छन् भने कांग्रेसले पनि उम्मेद्वारी दिने बताएको छ । तर, कांग्रेसको कसलाई उमेद्वार बनाउने भन्ने तोकिसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline