काठमाण्डौ, २८ असोज ।
सरकारका नया मन्त्रीको चयन गर्न बसेको प्रमुख सत्तारुढ लद नेकपा एमाले स्थायी समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।
स्थायी समितिमा छलफल भएपनि आकांक्षी धेरै भएपछि सहमति हुन नसकेको हो ।
बैठकमा नयाँ मन्त्रीको चयनका साथै यसअघि सल्लाह बिनै मन्त्री बनाइएको भन्दै धेरै नेताले विरोध गरेका छन् ।
बैठकमा कानून मन्त्री अग्नी खरेलको नाममा धेरै नेताले असहमति जनाएको नेताहरुले बताएका छन् ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको नाम तथा यी पदका लागि अन्य सत्ता साझेदार दलसँग हुने बाँडफाँडका विषयमा पनि छलफल भएपनि कुनै टुंगो नलागेको हो ।
एकीकृत माओवादीको स्थायी समिती बैठकले भने नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
स्थायी समितिले निर्णय गर्न नसकेपनि नेताहरुबीच पार्टी महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने र सभामुखमामा ओनसरी घर्तीलाई अघि सार्ने सहमति गरेको छ ।