प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन, असन्तुष्ट दलहरुलाई वार्तामा आउन आग्रह

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन, असन्तुष्ट दलहरुलाई वार्तामा आउन आग्रह

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २८ असोज ।

प्रधानमन्त्री केपी ओलीले संविधानप्रति असन्तुष्ट रहेका दलहरुलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका–संसद बैठकलाई विहीबार अपराह्न सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराई–मधेसमा भइरहेको लगातारको बन्द र हडतालप्रति चिन्ता व्यक्त गर्दै असन्तुष्टिहरुलाई संसदबाटै सम्बोधन गर्न सकिने बताउनुभयो ।

एहाले असन्तुष्ट दलहरुलाई पनि संसदमा ल्याउने प्रयास गरिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय पक्षबाट आपूर्तिमा भइरहेको अवरोध हटाएर सहज बनाउन प्रयास भइरहेको भन्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई भारत पठाउने तयारी भइरहेको बताउनु भएको छ ।

यसअघि मन्त्रिपरिषद्को आज बसेको बैठकले मधेसी मोर्चालगायतका आन्दोलनकारीलाई वार्तामा बोलाउँदै पत्राचार गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बिहान बसेको बैठकले दलहरुसंग छलफल गरेर वार्ता टोली बनाउने निर्णय समेत गरेको थियो ।

बैठकले आन्दोलनरत पक्षहरुलाई आन्दोलन रोकेर वार्तामा आउन अपील गरेको सरकारका प्रबक्ता अग्नी खरेलले जानकारी दिनुभयो । नेपाली कांग्रेससहितका दलहरुसंग छलफल गरेर वार्ता समिति बनाउने सरकारको तयारी छ ।

मन्त्रिपरिषद् बैठकले इन्धन आपूर्ति सहज बनाउन पहल गर्ने निर्णय गरेको छ । यसका लागि वैकल्पिक उजायहरुको खोजी गर्न समेत सम्वन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी