दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन

दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

सत्तारुढ दलले सरकार संचालनका लागि सहजीकरण गर्न भन्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् ।

सिंहदरवारमा आज विहान बसेको सरकार समर्थित दलका शीर्ष नेताहरुको बैठकले सत्ता साझेदार मध्येको प्रमुख घटक एकीकृत माओवादी अध्यक्ष दाहलको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

संयन्त्रमा एमालेबाट बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र बिद्या भण्डारी सदस्य छन् ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदार, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा संयुक्तका गणेश साह, राष्ट्रय जनमोर्चाका चित्रबहादुर केसी, नेमकिपाका नारायणमान बिजुक्छे र राप्रपा अध्यक्ष सहभागी छन् ।

संयन्त्रले सरकार संचालनका लागी सहयोग गर्ने र सरकारको नीति तथा कार्यक्रम बनाउन समन्वय गर्ने एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी