काठमाण्डौं असोज २८ ।
मलेशियामा जारी आइसीसी अन्डर १९ बिश्बकप क्रिकेट छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगीनीलाई ९ विकेटले हराउदै बिजयी शुरुवात गरेको छ ।
नेपालले शसक्त बलिङ गर्दै रनमा अल आउट गरेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा ९ दशमलव १ ओभरमा पुरा गर्यो ।
नेपालका लागि सुनिल धमलाले २४, योगेन्द्र सिंह कार्कीले १६ रन जोडे । सन्दीप ४ रनमा आउट भएका थिए ।
नेपालका बलरहरु चम्किए पछि पपुवा न्युगीनी संकटमा परेको थियो । नेपालले २८.२ ओभरमा अल आउट गर्दा सुनिल धमलाले ४ आरीफ शैख,३ र ससील कडेलले ३ विकेट लिए ।
पपुवा न्युगीनीका २ खेलाडी बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि गुवाले १३ रन बनाए भने तौराले अविजीत ११ रन बनाए । मलेशियाको किन्रारा ओभल मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । बिश्वकप छनौटमा नेपालले भोली २९ गते युगान्डा , कात्तिक १ गते अमेरीका र कात्तिक ४ गते आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।