सभामुख, उपसभामुख प्रस्ताव दर्ता आज हुदै

सभामुख, उपसभामुख प्रस्ताव दर्ता आज हुदै

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २८ असोज ।
सभामुख र उपसभामुखको मनोनयन प्रक्रिया आज हुने भएको छ । दलहरुबीच सहमतिका आधारमा प्रस्ताव दर्ताका लागि आज बिहान साँढे ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयसीमा तोकिएको छ ।

राजनितिक सहमति भएमा आजै दिउँसो साँढे २ बजे नामवाली सार्वजनिक गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

तर राजनितिक सहमति जुट्न नसकेमा भोलीबाट बहुमतीय प्रक्रिया सुरु हुने जनाएको छ । भोली बिहान साँढे ११ बजेदेखि २ बजेसम्म सभामुख तथा उपसभामुखको प्रस्ताव दर्ता गर्ने समय तोकिएको सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

त्यसपछि भएको नामवली प्रकाशन गरिने बताएको छ । भोली दिउँसो ३ बजे सभामुखका लागि प्रस्ताव निर्णयार्थ बैठकमा पेश गरेपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

यस्तै साँझ पाँजे उपसभामुखको निर्वाचन गरिने सचिवालयद्धारा जारी कार्यतालिकामा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ