मनाङले प्रहरीलाई हरायो

मनाङले प्रहरीलाई हरायो

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २७ असोज । मनाङ मस्र्याङ्दी क्लबले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधिको सम्भावनालाई बलियो बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले प्रहरीलाई १–० गोलअन्तरले पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिता उपाधिको सम्भावनालाई बलियो बनाएको राखेको हो ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दीको जितसँगै यस सिजनको लिग भने निकै रोमाञ्चक बन्ने भएको छ । मनाङ मस्र्याङ्दीसँगै उपाधि होडमा रहेका थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबमध्ये एक टोलीले उपाधिमाथि कब्जा जमाउने छन् ।

यस जितसँगै ३१ अङ्क जोडेको मनाङ मस्र्याङ्दी लिगको दोस्रो स्थानमा उक्लेको छ भने ३२ अङ्कका साथ थ्रीस्टार क्लब लिगको पहिलो स्थानमा छ । त्यस्तै आर्मी ३० अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।

तीनै टोलीले अब समान एक एक खेल मात्र खेल्न बाँकी छ । प्रतियोगितामा यही असोज ३० गते हुने मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीचको खेलले विजेताको टुङ्गो लाग्नेछ ।

मनाङ मस्र्याङ्दीको जितमा अनिल गुरुङ नायक बने । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै मनाङ मस्र्याङ्दीको लागि निर्णायक गोल सावित भयो । गुरुङले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए ।

खेल अवधिभर निकै प्रतिस्पर्धात्मक बनेको खेलमा प्रहरीले खेलको ५१आँै मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य भयो । यस हारसँगै प्रहरी उपाधि होडबाट बाहिरिएको छ । प्रहरीले जारी प्रतियोगितामा १३ अङ्क जोडेको छ ।

भोलि बिहीबार झापा फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)बीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी