सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशित

सभामुख र उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशित

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २७ असोज । व्यवस्थापिका–संसद् सचिवालयले सभामुख र उपसभामुख पदको निर्वाचन कार्यक्रम आज सार्वजनिक गरेको छ ।

संसद्को अन्तरिम कार्यविधि बमोजिम सभामुख र उपसभामुख पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न भोलि बिहीबार ३ बजेसम्मको समयावधि तोकिएको छ ।
राजनीतिक सहमति हुन नसके सभामुख पदको निर्वाचन असोज २९ गते शुक्रबार ३ बजे र उपसभामुख पदको निर्वाचन पनि सोही दिन ५ बजे गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरिएको छ ।
सहमतिमा हुने निर्वाचनका लागि भोलि ११ः३० देखि २ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा प्रस्ताव दर्ता गर्ने तथा त्यसरी दर्ता भएको प्रस्ताव बमोजिमको नामावली प्रकाशित गर्ने समय २ः३० बजेसम्मका लागि तोकिएको छ ।
सहमतिका आधारमा सभामुख र उपसभामुख निर्वाचित भएको घोषणा गर्ने समय भोलि नै दिनको ३ बजेका लागि तय गरिएको छ ।
राजनीतिक दलहरुबीच ती दुवै पदमा सहमति कायम हुन नसकेमा बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि असोज २९ गते ११ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारका प्रस्ताव दर्ता हुनेछन् ।

दर्ता भएका प्रस्ताव बमोजिम नामावली प्रकाशन गर्ने समय सोही दिन २ः३० बजेसम्मका लागि तोकिएको छ ।

सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तुत गर्ने तथा समर्थकले समर्थन गर्ने र दर्ता भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने समय असोज २९ गते ३ बजेका लागि तय गरिएको छ ।

उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सोही दिन अपराह्न ५ बजे निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन कार्यतालिका संसद् सचिवालयले आज प्रकाशित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ