राष्ट्रपतिमा काग्रेसले उमेद्धारी दिने

राष्ट्रपतिमा काग्रेसले उमेद्धारी दिने

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२७ असोज ।

नेपाली काग्रेसले राष्ट्रपति सहितका महत्वपूर्ण पदमा उमेद्धारी दिने जनाएको छ ।
काँग्रेस पार्टी सबैभन्दा ठूलो राजनीतिक दल भएकाले राष्ट्रपतिलगायत विभिन्न पदमा हुने निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको उसले जनाएको हो ।

काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले काँग्रेस मुख्य पार्टी भएकाले मुख्य पदमा दाबी रहने बताउनु भयो ।

राजधानीमा आयोजीत एक कार्यक्रममा अन्य राजनीतिक दलसँग छलफल गरेर आफ्नो पार्टीले राष्ट्रपतिलगायत अन्य मुख्य पदमा उम्मेदवारी दिने बताउनुभयो ।

“संसद्मा कुनै पनि पार्टीको बहुमत छैन । उहाले भन्नुभयो राजनीतिक दलसँग छलफल गरेर पद र व्यक्तिको नाम निर्धारण गर्नेछौँ ।”

संंविधान जारी गर्नुभन्दा बढी यसको कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्दै उहाँले आन्दोलनरत दललाई संवैधानिक प्रक्रियामा ल्याउन पनि कुनै न कुनै ठाउँमा सहमति गर्नुपर्ने भएकाले पनि आफ्नो दलको उम्मेदवारीले प्राथमिकता पाउने दाबी गर्नुभयो ।

देश आर्थिक सङ्कटमा परेको र त्यसलाई माथि उठाउन दरिलो प्रतिपक्षको आवश्यक पर्ने भएकाले आफ्नो पार्टीले सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने डा महतको भनाइ थियो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले भूकम्पछिको पुनःनिर्माण सम्मेलन गरेर रु चार खर्ब ४० अर्ब बराबरको प्रतिबद्धता आएको त्यसलाई विभिन्न तहमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्रीको निर्वाचनको नतिजाले पार्टीका कार्यकर्ता तथा समर्थकलाई दुखित बनाएको उल्लेख गर्दै उहाँले त्यसमा पार्टीको विभिन्न तहमा छलफल हुने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ