सीमा क्षेत्रका अवरोध हटाउन भारतलाई पुनः आग्रह

सीमा क्षेत्रका अवरोध हटाउन भारतलाई पुनः आग्रह

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २७ असोज ।

सरकारले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि भारतसँग पुनः आग्रह गरेको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आज नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

भेटपछि रासससँग संक्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमानामा भएका अवरोध हटाउन भारत सरकारको सहयोगको अपेक्षा आफूले पुनः दोहो¥याएको बताउनुभयो ।

नेपाली जनताले राहत पाउने गरी सीमा क्षेत्रका व्यवधान अन्त्य गर्न स्थानीय एवम् केन्द्रीयस्तरमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा आफूले जोड दिएको उहाँले बताउनुभयो ।
यसैबीच, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापासँग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले आज शिष्टाचार भेट गर्नुभयो ।

त्यसअवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी