प्रचण्डले चाहेजस्तै नेपालमा कम्युनिष्टको एउटै केन्द्र बन्ला ?

प्रचण्डले चाहेजस्तै नेपालमा कम्युनिष्टको एउटै केन्द्र बन्ला ?

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, २७ असोज ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा एउटै कम्युनिष्ट पार्टिै बन्ने बताउनु भयो ।
राष्ट्रियता र संविधान निर्माण प्रक्रियामा निभाएको भुमिकाप्रति बधाई दिन पुगेको युवा सङ्घ नेपालको टोलीसँग एमाओवादी अध्यक्ष प्रचण्डले तल्लो तहका कार्यकर्ताले चाहेमा नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्ने बताउनु भयो ।

उहाँले नेपालमा धेरै कम्युनिष्ट पार्टी भएकाले त्यसलाई मिलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउने सकिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “एउटै कम्युनिष्ट केन्द्र बनाउन कम्युनिष्ट पार्टीका प्रमुख नेताको मात्र मन मिलेर हुँदैन, त्यसका लागि तल्लो तहका कार्यकर्तासमेत तयार हुनुपर्छ ।” सम्पूर्ण कम्युनिष्ट पार्टीका युवाहरु एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा लागेमा विस्तारै यो सम्भव हुने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले नयाँ संविधान जारी र वर्तमान प्रधानमन्त्रीको निर्वाचन राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतापूर्वक निर्णय गर्ने पक्षको जित भएको धारणा राख्नुभयो । उहाँले छिमेकी राष्ट्र भारतले नचाहँदा नचाहँदै पनि संविधान जारी हुनु राष्ट्रिय स्वाभिमान र स्वतन्त्र निर्णयको जित भएको समेत बताउनुभयो ।

सङ्घको नवौँ महाधिवेशन आयोजक कमिटीका अध्यक्ष राजीव पहाडीले नेपालको राष्ट्रियता र संविधान जारी गर्न उल्लेखनीय योगदान पु¥याउन सफल भएको भन्दै आगामी दिनमा सम्पूर्ण कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ