उपराष्ट्रपति झासँग प्रधानमन्त्री ओलीको भेट

उपराष्ट्रपति झासँग प्रधानमन्त्री ओलीको भेट

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २७ असोज ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपराष्ट्रपति परमानन्द झासँग शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपति भवन बहादुरभवनमा भएको सो भेटमा नयाँ सरकारले संविधानप्रति असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रित दललाई वार्ताका लागि आह्वान गरेको र अन्य दलसँग समन्वय गरी सरकार सञ्चालन गर्न लागेको विषयमा प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको थियो ।

सो अवसरका उपराष्ट्रपति झाले ओलीको सफल कार्यकालका लागि शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही असोज २४ गते निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उपराष्ट्रपति झालाई पहिलोपटक भेट गर्नुभएको हो ।

उहाँले मङ्गलबार राष्ट्रपति डा रामवरण यादवलाई शिष्टाचार भेट गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ