काठमाडौं, २७ असोज ।
आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको छ ।
हिजोको तुलनामा आज तोलामा ८ सय रुपैयाँले बढेर सुन ५१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा चाँदीको कारोबार भैरहेको छ।
यसवर्ष चाडपर्वको बेलामा पनि सुनको कारोबार राम्रो नभएको सुन व्यवसायीले बताएका छन् ।
पोहोरपरार दसैँका बेला दैनिक ३० देखि ३५ किलो सुनको माग हुने गरेकोमा अहिले दैनिक १५ किलोको पनि माग हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो ।
दसैँ लागिसक्दा पनि कारोबार शुन्य जस्तै भएको उहाको भनाई छ ।
राजनीतिक अस्थिरता, भारतको अघोषित नाकाबन्दीलगायत कारणले कारोबार प्रभावित भएको सुन व्यवसायीहरुले बताएका छन् ।