लम्की,२७ असोज ।
ठेकेदारको लापरवाहीले शहरी डिभिजन कार्यायल धनगढीले लम्की वजारमा निमार्ण गर्न लागेको ढल निकासको काम अलपत्र परेको छ । लम्की वजारको पश्चिम ग्लोवल वैङ्क देखि पुर्व लम्की मल सम्मको करिव ९२ मिटर ढल निकासको काम अलपत्र परेको हो ।
सो क्षेत्रमा ठेकेदारले नाला खनेर मात्रै छोडिदिएको छ । करिव ४ महिना अघि नाला खन्ने काम शुरु गरेको भए पनी अहिले सम्म अरु काम अघि वढाएको छैन । नाला खनेको ठाउँमा टिप गर्नु पर्ने प्रावधान भएपनी सो काम समेत गरेको छैन । नाला मात्रै खनेर नालाको माटो थुपारेर डिस्को वनाएपछी करिव २ महिना सम्म त्यस आसपासका व्यपारीहरुले निकै सास्ती खेप्नुपरेको थियो ।
अहिले नाला खनेर मात्रै छोडिदिएपछी ढल निकासमा थप समस्या भएको स्थानिय व्यावसायी दिपक कुमार तिमिल्सेनाले वताउनुभयो । ठेकेदारले नाला मात्रै खनेर छोडिदिएपछी स्थािनय व्यासायी दिपक तिमिल्सेना र पुष्प ढकालले आफ्नै खर्चमा नाला माथि सानो पुल निमार्ण गरी आवतजावतमा सहयोग गरेका छन् ।
८ लाख रुपैयाको वजेट भएपनी सो वरावरको काम हुन सकेको छैन । तत्काल अपुरो कामलाइ सुचारु गरी ढल निकासको काम सम्पन्न गर्नु पर्ने अन्यथा खनिएको नाला समेत पुरी दिने व्यासायीहरुले चेतावनी दिएका छन् । उता शहरी डिभिजन कार्यालयले भने ठेकेदारको लापरवाहीले काममा ढिलाइ भएको वताएको छ ।
महेन्द्रनगर स्थीत मसिना कन्ट्रक्सनले ठेका लिएको र ठेकेदार सम्पर्क वाहिर गएकोले तत्काल सम्पर्क गरी काम अघि वढाउने शहरी डिभिजन कार्यालयका इन्जीनियर मोहोनराज अवस्थीले वताउनु भयो । वन्द खुल्ले वित्तिकै काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।