तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२७ असोज ।

इलाममा चाडपर्वका समयमा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।

ट्राफिकले सदरमुकामस्थित बसपार्क, फिक्कल र पशुपतिनगरमा सहायता कक्षा स्थापना गरेको हो । चाडपर्वका समयमा सवारीसाधनमा यात्रुलाई हुने ठगी, असुविधालाई निराकरण गर्न सहायता कक्षा स्थापना गरेको जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक पदमबहादुर राईले जानकारी दिनुभयो ।

बसपार्कमा प्रनानि राई र प्रहरी हबल्दार श्यामप्रसाद थापा, फिक्कलमा प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर बस्नेत र पशुपतिनगरमा प्रहरी जवान दिनेशप्रसाद शाह रहने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी चन्द्र माझीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ