काठमाडौ २७ असोज । सरकारले आजबाट उपत्यकामा भित्रिने खसीबोका लगायतका चौपायाको अनुगमन गर्ने भएको छ ।
उपत्यकाको विभिन्न नाकाबाट दशैंका लागि खसीबोका भित्रिने क्रम शुरु भएपछि आजबाट सबै चौपायाको अनुगमन गर्ने तयारी गरेको हो ।
भेटेनरी जनस्वास्थ्य कार्यालय, काठमाडौं महानगरपालिका, पशु चिकित्सक र चौपाया ब्यवसायीको संलग्नतामा अनुगमन हुने बताइएको छ ।
थानकोट, कोटेश्वर, फर्पिङ लगायतका नाकाबाट भित्रिने चौपायाहरुको स्वास्थ्य परीक्षण गरी खान योग्य छ या छैन भन्ने बारेमा जानकारी दिन परीक्षण गर्न लागिएको काठमाडौ महानगरपालिका शहरी जनस्वास्थ्य महाशाखाका प्रमुख हरीकुमार श्रेष्ठले बताउनुभयो ।
अनुगमन टोलीले खसीबोका, राँगा लगायत चौपाया भित्रिने थानकोटा नाकामा समेत अनुगमन गरी अस्वस्थ चौपाया बेचबिखनमा रोक लगाउने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline