काठमाडौ २७ असोज ।
रेडबुल राष्टिय लिगमा आज नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्न सात दोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गर्दै थ्रीस्टार ३२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । योसँगै थ्रीस्टार उपाधि नजिक पुगेको छ ।
थ्रीस्टारका लागि नाइजेरियन खेलाडी ओलावालेले दुई तथा विजय गुरुङले एक गोल गरे । सशस्त्रका गणेश लावतीले एक सान्त्वना गोल फर्काए ।
हारसँगै १५ खेलबाट २३ अंकमा रहेको सशस्त्रको शीर्ष तीनमा रहने सम्भावना पनि सकिएको छ । लिगमा १५ खेलबाट ३० अंक जोडेको त्रिभुवन आर्मी दोस्रो स्थानमा रहँदा १४ खेलबाट २८ अंक जोडेको मनाङ–मर्स्याङ्दी तेस्रो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline