काठमाण्डौ,२७ असोज ।
एकिकृत नेकपा माओबादीका प्रबक्ता दिनानाथ शर्माले भारत भन्दा जनताको चुलो अहिलेको प्राथमिकतामा हुने बताउनु भएको छ ।
रेडियो मिरर्मिरेको दैनिक कार्यक्रम आजको सन्दर्भमा कुराकरा गर्दै प्रबक्ता शर्माले भारतकै कारण नेपाली जनतामा भारतप्रति नकारात्मक धारणाका साथै भारतबिरोधी क्रियाकलापहरु बढेको बताउनु भयो ।
उहाले अहिलेको प्रमुख आबश्यकता भनेको सहज आर्पुति नहुदा मारमा परेका जनतालाई सहज किसिमको बाताबरण तयार गर्नुरहेको बताउनु भयो ।
प्रबक्ता शर्माले मित्रराष्टहरुको सम्बन्ध बिस्तार प्राथमिकतामा रहेपनि नेपाली जनता पहिलो प्राथमिकतामा रहेको धारणा राख्नुभयो । उहाले नेपाली जनताको जिवनशैली सहज बनाउन कुटनितिक पहल भइरहेको पनि जानकारी दिनुभयो ।
उहाले आफनो पाटीभित्र राष्ट्रपतिका लागि योग्य नेता रहेको भन्दै राष्ट्रपति माओबादीले पाउने दाबी गर्नुभयो ।