मधेशवादीलाई उकास्दै बाबुराम ?

मधेशवादीलाई उकास्दै बाबुराम ?

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

असोज २७ काठमाण्डौं ।  
पहिलो सविधान सभाको अन्तिम दिन बैठकै नराखी विघटनको घोषणा गर्ने बाबुराम भट्टराईले दोस्रो सविधान सभाको निर्वाचनमा पार्टी खुम्चिए पछि सविधान सभा छाड्ने र सडकमा जाने प्रचण्डको प्रस्तावको विरोध गर्दै प्रकृया स्वीकारेकाले सविधान सभा छाड्न नहुने बताएका थिए ।

उनको दवावका कारण पनि त्यस बखत एमाओवादीले सन्तुलित निर्णय गर्दै सविधान सभामा टिकेको थियो ।

त्यस पछि सविधान सभामा राजनीतिक सवाद तथा सहमति समितिको सभापति समेत भएका बाबुराम भट्टराईले सविधान सभाबाट फेरी संविधान जारी नभए अनिष्ट हुने भएकाले स्वीकारेर जानु पर्ने बताउदै आएका थिए ।

तर असोज ३ मा जब सविधान जारी भयो उनी दुखीः देखिदैन थिए । उनले प्रचण्डसग‘ एकै खालको ड्रेस लगाएर फोटो सेसन पनि गरेका थिए ।
यद्यपि उनले बाहिर निस्कदा मैनवत्ती बाल्ने बेला नभएको भन्दै यसमा असन्तुष्टीको संकेत दिएका थिए ।

त्यस पछि उनले सविधान सभा र एमाओवादी पार्टीको पद परित्याग गरका थिए । पद त्याग जनकपुर जान नदिने मधेशवादी दलको घोषणा पछि उनले गरेका थिए ।
राजीनामा पछि बाबुराम भट्टराईले राजेन्द्र महतोलाई फोन गरेर मधेश आन्दोलनको नेतृत्व गर्ने जिम्मा दिन आग्रह गरेको स्रोतको दावी छ ।
हिन्दी भाषामा गरिएको त्यस टेलिफोन कुराकानीमा बाबुरामले त्यस्तो आग्रह गरे पनि महतोले असोज ३ अघि भएको भए ठिकै थियो तर अब हुन्न भनेको सुत्रले नाम उल्लेख नगर्ने शर्तमा बतायो ।
जे भए पनि तपाईहरुको आन्दोलनमा मेरो साथ सहयोग र ऐक्यवद्धता रहन्छ भनेर बाबुराम र महतोको टेलिफोन कुराकानी समाप्त भएको बताईन्छ ।
त्यस पछि जनकपुर गएका बाबुरामले अन्य ठॉउमा पनि पुगेर भाषण गर्दै आएका छन् ।
एकातिर मधेशवादी दलले अगींकृत नागरिकले सवैधानिक पद पाउनु पर्ने जस्तो विषय माग राखेको , दशगजामा गएर भारतीय सुरक्षा बलको आडमा नेपाल तर्फ ढुंगामुडा गरेको, सिमामा धर्ना दिएर नाकाबन्दी गराएको , यसको समर्थमा भारतले समेत नेपालमा नाकाबन्दी गरेको अवस्थामा बाबुराम भट्टराईले मधेशवादी दललाई संघर्ष विना कुनै पनि उपलव्धि नहुने भन्दै उकासेको आरोप अहिले राजनीतिक वृतमा लाग्न थालेको छ ।
साथै बाबुराम भट्टराईलाई राजनीतिक आदर्श मानेर सहयोगी बन्दै आएका थुप्रै नेता कार्यकर्ताले समेत अब बाबुरामको बुद्धि रहेनछ भन्दै साथ नदिने बताउन थालेका छन् ।

जिल्ला जिल्लामा रहेका बाबुराम समर्थक कार्यकर्ताहरु प्रचण्ड नै सही रहेछन् भन्दै उभिन थालेको भोजपुरका एक एमाओवादी कार्यकर्ताले मिर्मिरेलाई बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ