काठमाडौं, २६ असोज ।
राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार ३२ अंकका साथ शीर्ष स्थानमा पुगेको छ । आज भएको खेलमा सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन नाइजेरियन खेलाडी ओलावालेले दुई तथा विजय गुरुङले एक गोल गरे । सशस्त्रका लागि गणेश लावतीले एक सान्त्वना गोल फर्काए ।
हारसँगै १५ खेलबाट २३ अंकमा रहेको सशस्त्रको शीर्ष तीनमा रहने सम्भावना पनि सकिएको छ । लिगमा १५ खेलबाट ३० अंकको त्रिभुवन आर्मी दोस्रो स्थानमा रहँदा १४ खेलबाट २८ अंक जोडेको मनाङ–मर्स्याङ्दी तेस्रो स्थानमा छ ।
लिगअन्तर्गत् भोली मनाङ र नेपाल पुलिस क्लब भिड्दै छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline