काठमाण्डौ,२६ असोज ।
कैलालीको भजनीका एक २० बर्षिय युवाले नेपाली सर्वसाधारण नागरिक र नेपाली प्रहरीमाथि समेत दुरव्यवहार गर्ने भारतीय सीमिा सुरक्षा बल एसएसबीमाथि कैलालीका एक युवकले प्रतिवाद गर्दै कुटपीट गरेका छन ।
भारतबाट करिब ५० लिटर डिजल ल्याउँदै गरेका भजनीत्रिशक्ति नगरपालिका–७ गोदामटोलका २० वर्षीय गोविन्द कडायतलाई एसएसबीले ‘डिजल दिने मान्छे कोहो चिना’ भन्दै भारतमा लग्न खोजेपछि उनले कुटपिट गरेका हुन ।
भारतीय एसएसबीले उनलाई ‘डिजल दिने मान्छे कोहो चिना’ भन्दै भारतमा लग्न खोज्दा विवाद भएको थियो । एसएसबीलाई पिटेको भन्दै नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ । एसएसबीले नेपाल भारत सीमा नजिक रहेको भजनी ईलाका प्रहरी कार्यालयमा आफूहरुमाथि आक्रमण भएको जानकारी गराएपछि प्रहरीले कडायतलाई पक्राउ गरेको थियो ।
भारतीय एसएसबीको ज्यादतीमा पनि कडायतलाई पक्राउ गरेको भन्दै भजनीका स्थानीयले बजार बन्द गराएर प्रहरीविरुद्ध आज नाराबाजी गरेका थिए । स्थानीयले कडायतलाई छोड्नुपर्ने भन्दै नाराबाजी सुरु गरेपछि भजनी प्रहरीले उनलाई छोडेको जनाएको छ ।