असोज २६ काठमाण्डौं ।
एकीकृत माओवादी भित्र प्रचण्डका प्रभावशाली सहयोगी एवं विस्वास पात्र कृष्ण बहादुर महराको चित्त बुझाउन अहिले प्रचण्डलाई हम्मे हम्मे परेको छ ।
संविधान निमार्ण प्रकृया र भारतको हस्तक्षेप विरुद्ध खुलेर अभिव्यक्ति दिनुका साथै कडा अडान लिए पछि फेरी चर्चामा आएका प्रचण्डले महरालाई सभामुख बनाएर सम्मानित पदमा स्थान दिन खोजे पनि महरा आफै त्यसमा तयार नभएर फेरी गृह मन्त्री सहित सरकारमा पार्टीको नेतृत्व खोजे पछि प्रचण्डलाई केही अप्ठेरो परेको छ ।
बाबुराम भट्टराईले राजीनामा दिएर हिड्दा समेत उनका कट्टर सहयोगी रहेका टोप बहादुर रायमाझीलाई सरकारमा पार्टीको नेतृत्व सहित गृहमन्त्री बनाएर लादा पार्टी भित्र सन्तुलन कायम हुने र बाबुराम बिना पनि शक्तिको अभ्यास बलियो हुने विस्वास प्रचण्डको रहेको उनका निकटहरुले बताएका छन् ।
तर महराले पनि गृहमन्त्रीको लोभ गरीरहेकाले यो विषय टुंगो लगाउन एमाओवादीलाई केही कठिनाई भएको छ ।
महरा निकट स्रोतले सभामुख भए पछि पार्टीमा भूमिका कमजोर हुने , संगठनमा अस्थित्व कमजोर हुने र आफू भन्दा जुनियरहरुले कमाण्ड गर्ने स्थिति आउन सक्ने विष्लेषण सहित फेरी मन्त्रालय ताकेको बताएको छ ।
अझ महरा सरकारको नेतृत्वमा गए आफ्नी श्रीमति समेत रहेकी सभासद ओनसरी घर्तीलाई मन्त्री बनाएर पार्टीमा महासचिव पद दावी गर्ने तयारीमा बर्षमान पुन समेत लागेको देखे पछि महरा झस्किएको हुन सक्ने स्रोतको दावी छ ।
अझ टोप बहादुर रायझामीलाई सरकारको नेतृत्व दिनै पर्ने अवस्था आएमा बरु आफू पार्टी महासचिव मात्र भएर खटिने महराको अडान रहेको बुझिएको छ ।
यस विषयमा दिनहु प्रचण्ड निवास लाजिम्पाटमा छलफल भईरहेको उच्च स्रोतको दावी छ ।
महरा एमाओवादी भित्र पछिल्लो समय गठन भएको नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव समेतलाई मिलाएर शक्तिशाली माओवादी बनाउनु पर्ने बिचार व्यक्त गर्दै आएका सापेक्ष ईमान्दार माओवादी नेताको रुपमा छवि बनाउदै आएका छन् ।