इटहरीमा प्रहरीको सफारी गस्ति

इटहरीमा प्रहरीको सफारी गस्ति

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

इटहरी २६ असोज
नेपालको संबिधानप्रति असहमती जनाउदै भारतले गरेको नाकाबन्दीका कारण पूर्व क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव चर्किपछि शुरक्षाको जिम्मेवारी बोकेको प्रहरीहरुलाई नियमित गस्तिमा समस्या परेको छ ।

इन्धन अभावले गस्तिमा समस्या आएपछि इलाका प्रहरी कार्यालय इटहरीले पेट्रोलियम पदार्थको बिकल्प खोजी नया उपाय अपनाएको छ ।

प्रहरीले नजिकिएको दशै तिहार जस्तो ठुला पर्वहरुमा कुनै अप्रीय घटनाहरु ह्ुन नदिन इटहरी क्षेत्रमा मंगलबारदेखी सिटि सफारी गस्ति सुरु गरेको छ ।

सहकार्यमा नागरीक र प्रहरी, हाम्रो मिशन सुरक्षित इटहरी भन्ने नाराका साथ शुरुवात भएको अभियानले नगरवासीलाई चौविसै घण्टा सुरक्षा प्रदान गर्ने इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।

बिद्युतीय रिक्सामा गस्ति शुरु भए पछि चोरिका घटना धेरै नियन्त्रण हुने विश्वास रहेको अधिकारीले बताए । मधुरो आवाज आउने साधन भएको हुनाले घटना स्थलमा पुगि दोषि पक्राउ गर्न सहज भएको उनको भनाई छ । नागरिक समाजका अध्यक्ष बोधराज नेपालले इन्धन अभाव चुलिरहेको बेला पनि नगरवासी सुुुुरक्षित भएको महशुस गराउन प्रहरीले चालेको कदम सराहनिय रहेको बताए ।

नगरवासी सहित इटहरीका व्यवसायी र राजनितिज्ञले समेत प्रहरीले चालेको कदमको स्वागत गरेका छन् ।

इटहरीका सफल व्यवसायी बलराम आचार्य र सामुुुुुदायिक सेवा केन्द्रका अध्यक्ष देवु निरौलाले चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधिलाई मध्यनगर गर्दै विद्युतवाट सँचालनमा आउने सवारी सँचालनमा ल्याउँदा इटहरीवासी र ब्यवसायीलाई सुरक्षाको प्रतयाभुती मिलेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ