मधेसी मोर्चाले नाकाको आन्दोलन स्थगति नगर्ने

मधेसी मोर्चाले नाकाको आन्दोलन स्थगति नगर्ने

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २६ असोज ।

मधेसी मोर्चाले चाडवाडका समयमा पनि आन्दोलन कायमै राख्ने निर्णय गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले संविधानको विरोधमा तराईमा भइरहेको आन्दोलन नरोक्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाको अवरोधसहित अहिले भइरहेको बन्द हड्ताल केहीपनि फिर्ता नलिने निर्णय भएको बताउनुभयो ।

अध्यक्ष यादवले मधेसी मोर्चाले प्रधानमन्त्रीको चुनावमा भाग लिएर संविधान स्वीकार गरेको कुरा गलत भएको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीको चुनाव संसदीय व्यवस्था अनुसार भएकाले त्यसमा सहभागी भएको तर नयाँ संविधानको विरोध भने कायमै राखेको बताउनुभयो ।

मधेसी मोर्चाले दसैँ तिहारलाई लक्षित गर्दै मधेसका जिल्लामा सोमबारदेखि ५ दिनका लागि बैंक तथा वित्तीय संस्था भने खोल्न दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी