एमालेसँग छलफलपछि मात्र मन्त्रीको टुङ्गो लगाइनेः एमाओवादी

एमालेसँग छलफलपछि मात्र मन्त्रीको टुङ्गो लगाइनेः एमाओवादी

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, २६ असोज ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा (माओवादी)ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्ष निकालिने जानकारी दिनुभयो ।

सोमबार प्रधानमन्त्री ओलीले शपथ लिनुभएपछि एमाओवादीले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको छ । एमाओवादीले गृहलगायत महत्वपूर्ण मन्त्रालय पाउने भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताएको छ ।

एमालेसँगको छलफलपछि आजै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ