आइक्याप बैठकमा भाग लिन तीन नेता चीन प्रस्थान

आइक्याप बैठकमा भाग लिन तीन नेता चीन प्रस्थान

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २६ असोज ।

इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) को असोज २८ गते हुने २५ औँ स्थायी कमिटीको बैठकमा भाग लिन प्रमुख तीन दलका नेता आज छिमेकी चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

एमालेका सचिव ज्ञवालीले आफू चीनमा हुने रेशम मार्गसम्बन्धी सम्मेलनमा पनि सहभागी भई आगामी साता स्वदेश फर्कने जानकारी दिनुभयो ।

यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि ती कार्यक्रममा जाने तय भएपनि नयाँ सरकारको विस्तारका काम बाँकी रहेकाले उहाँको भ्रमण रद्द भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ