दुई छिमेकीलाई मिलाएर लैजाने उपप्रधानमन्त्री थापाको भनाई

दुई छिमेकीलाई मिलाएर लैजाने उपप्रधानमन्त्री थापाको भनाई

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २६ असोज ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले देशको परराष्ट्र नीतिलाई प्रगतिशील र व्यावहारिक ढङ्गबाट अगाडि बढाउने बताउनु भएको छ ।

राजधानीमा आयोजीत कार्यक्रममा बोल्दै उहाले दुई छिमेकी मुलुक भारत र चीनसँगको बहुआयामिक सम्बन्धलाई सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने बताउनुभयो ।

राष्ट्रिय हित र संवद्र्धन नै परराष्ट्र नीतिको आधार भएको भन्दै उहाँले जुनसुकै मुलुकको परराष्ट्र नीति निरन्तरतामा आधारित हुने स्पष्ट पार्नुभयो ।

केही समयदेखि सीमावर्ती क्षेत्रमा मधेस केन्द्रित दलले गरेको आन्दोलन र पारवहन तथा आवागमनमा भइरहेको असहजता र व्यवधानका कारण जनताले कष्ट सहनु परिरहेको उल्लेख गर्दै उहाँले कूटनीतिक माध्यमबाट यस समस्यालाई समाधान गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री थापाले चाडपर्वका समयमा जनतालाई राहत दिने उद्देश्यका साथ सरकारले वर्तमान अवस्थामा देखिएको राजनीतिक समस्यालाई वार्ता र संवादबाट समाधान गर्न आन्दोलनरत राजनीतिक दललाई वार्तामा आउन आह्वान गरिसकेको बताउनुभयो ।

पारवहन तथा आवागमनमा देखा परेको असहज परिस्थितिको निराकरणका लागि राजनीतिक पहल र मित्रराष्ट्र भारतसँग कुरा गर्नुपर्ने बताउँदै उहाँले कूटनीतिक संवादको माध्यमबाट समस्याको समाधानका लागि पहल भइसकेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी