बस दुर्घटनामा दुईको मृत्यु, पच्चीस घाइते

बस दुर्घटनामा दुईको मृत्यु, पच्चीस घाइते

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कपिलवस्तु, २६ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडाँैंबाट धनगढीतर्फ जाँदै गरेको ना५ख २६१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बर्दिया नेवलापुरका २३ वर्षीय मुकुन्द थापा र कञ्चनपुर पुनर्वास–३ का ३० वर्षीय शेरबहादुर कँुवरको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका २५ जनामध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल बुटवल पठाइएको छ ।

सामान्य घाइतेलाई भने उपचारपछि गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ