हतियारधारी समूहबाट लाखौँको लुटपाट

हतियारधारी समूहबाट लाखौँको लुटपाट

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ, २६ असोज ।

महोत्तरीको गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट भएको छ ।

गौशाला नगरपालिका ८ का मनोज साहको घरमा गएराति हतियारधारीको समूहले पेस्तोल देखाई रु १० लाख बराबरको लुटपाट गरेको हो ।

घरको पछाडि बाँसको सहाराले घरभित्र पसेको सो समूहले रु पाँच लाख नेपाली, एक लाख भारु, एक थान मोबाइल, दुई तोला सुन, एक तोला चाँदी लुटपाट भएको पीडित मनोज साहले बताउनुभयो ।

समयमै प्रहरी घटनास्थलमा पुगेपछि थप लुटपाटबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

यसैविच भन्सार छलेर नेपाल भित्रयाउँदै गरेको अवस्थामा रु तीन लाखभन्दा बढी मूल्यको लत्ताकपडा प्रहरीले दक्षिणी झापाको कुमरखोदबाट बरामद गरेको छ ।

निवन बस्त्रालयको नाममा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा जिल्ला प्रहरी कार्यालय झापाबाट गएको टोलीले विशेष सूचनाका आधारमा सोमबार बरामद गरेको जिप्रका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो ।

बरामद गरिएको सामानमा कुर्ता सुरुवाल, साडीलगायत पेन्ट, सर्ट र नेट कपडाको बन्डल रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरी प्रवक्ता दाहालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ