बस दुघटनामा २ को मृत्यु, ३० घाईते 

बस दुघटनामा २ को मृत्यु, ३० घाईते 

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

दाङ, २६ असोज ।

दाङ र कपिलवस्तुको सीमानामा पर्ने धानखोला नजीकै आज बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख २६१० नम्बरको बस आज बिहान चार बजेतिर सडकबाट खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिया न्यौलापुरका मुकुन्द बहादुर थापा र अमरबस्ती ६ कंचनपुरका शेर बहादुर कुवर रहेका छन ।

तीस जना घाइतेमध्ये १० जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि बुटवल लगिएको चन्द्रौटा प्रहरीले जनाएको छ । अन्य घाइतेको चन्द्रौटामै उपचार भएको प्रहरीले जनाएको छ ।

ओभर लोड र तिब्र गतिका कारण दुर्घटना भएको उद्धारमा खटिएको दाङस्थित भालुवाङ प्रहरीले जनाएको छ । बसमा छतमाथि समेत यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ