संयुक्त मधेशी मोर्चाको बैठक आज पनि बस्दै

संयुक्त मधेशी मोर्चाको बैठक आज पनि बस्दै

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २६ असोज ।  

समसमायिक राजनितिक घटनाक्रमबारे छलफल गर्न संयुक्त मधेशी मोर्चाको बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजेपछि बबरमहल स्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलयमा बस्ने बैठकमा सरकार गठन प्रक्रियामा सहभागी भएपछि मोर्चाभित्र देखिएको असन्तुष्टीका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा तराई मधेशमा जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । दसैं, तिहार, छठ जस्ता पर्वलाई ध्यानमा राख्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा बैठक केन्द्रित रहने संघिय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले जानकारी दिनुभयो ।

आजको बैठकले आन्दोलन फिर्ता लिने सम्भावना रहेको मोर्चा आवद्ध एक नेताले बताएका छन् । यस्तै संविधान निर्माण प्रक्रिया बहिस्कार गरेको मोर्चाभित्र संविधानको जगमा भएको सरकार गठन प्रक्रियामा सहभागी भएपछि मोर्चा भित्र विवाद देखिएको छ ।

राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश सद्भावना पार्टीका नेताहरुले आन्दोलनको मर्म विपरित सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै असन्तुष्टी पोखेका छन् ।

यसअघि हिजोको बैठकमा सहभागी नभएको सद्भावनाले आजको बैठक पनि बहिस्कार गर्ने निर्णय गरेको महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

सरकार गठन प्रक्रियामा सहभागी भएर तराई मधेशको आन्दोलनप्रति घात गरेको सो पार्टीको ठहार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ