नेपालीहरुको महान चाड बडादसैं आजबाट सुरु

नेपालीहरुको महान चाड बडादसैं आजबाट सुरु

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ २६ असोज । 

नेपालीहरुको महान चाड बडादसैं आजबाट सुरु भएको छ । पहिलो दिन आज दुर्गा भवानीको पूजा गर्दै घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनबाट नवरात्र आरम्भ हुन्छ ।

आजको दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा छर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको गौतमले भनाई छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ