नेपाली युवा क्रिकेट टोली आज मलेसिया जाँदै

नेपाली युवा क्रिकेट टोली आज मलेसिया जाँदै

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २६ असोज ।
आइसिसी अन्डर १९ विश्वकप छनोट खेलमा सहभागी हुन नेपाली युवा क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

छनोट प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले आगामी बिहीबार पपुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा शुक्रबार नेपाल युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा नेपालसँगै आयरलयाण्ड, पपुवा न्युगिनी, युगान्डा र अमेरिकाको पनि सहभागीता रहनेछ । विजेता टोलीले आगामी वर्ष बंगलादेशमा हुने आइसिसी अन्डर १९ विश्वकप खेल्ने अवसर पाउनेछ ।

प्रतियोगिताका लागि नेपालले भारतको नयाँ दिल्लीमा दुई साता अभ्यास गरेका थिए । त्यहाँ रहँदा नेपाली टोली स्थानीय टीमहरुसँग पाँच अभ्यास खेल खेलेका थिए ।

गत अगस्टमा मलेसियामै भएको आइसिसी अन्डर १९ प्रिमियर लिगको उपविजेता बन्दै स्वदेश फर्किएको नेपाली टोली यो पटक विजेता बन्ने लक्ष्यका साथ त्यसतर्फ प्रस्थान गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी