भूकम्पले भत्काएको विद्यालयलाई रु ३० लाखको जग्गादान

भूकम्पले भत्काएको विद्यालयलाई रु ३० लाखको जग्गादान

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

त्रिशूली (नुवाकोट), २५ असोज ।

गत वैशाखको भूकम्पले विद्यालय भत्कीएपछि समस्यामा परेको नुवाकोटको सिक्रे–७ ढुङ्गेडाँडामा रहेको स्याउरेभूमे उच्च माविलाई स्थानीय मनकारीले लाखौँको जग्गादान गरिदिएका छन् ।

आज मालपोत कार्यालय बिदुरमा आएर स्थानीय सात जना दाताले १९ रोपनी सात आना जग्गा विद्यालयको नाममा दर्ता गरिदिएका हुन् ।

सिक्रे–८ का भरतबहादुर बुढाथोकीले पुत्र महेन्द्रबहादुर बुढाथोकीको स्मृतिमा छ रोपनी र रामकुमार बुढाथोकीले चार रोपनी, वडा नं ५ का बुद्धिमान तामाङले पत्नी ठूलीकान्छीको स्मृतिमा चार रोपनी र कामी तामाङले दुई रोपनी, वडा नं ७ का मगङ्लीमाया तामाङले पति कणबहादुरको स्मृतिमा दुई रोपनी, अमृतकुमार खड्काले दाजु विष्णुबहादुरको स्मृतिमा एक रोपनी र रामकाजी बुढाथोकीले पिता पूर्णबहादुर स्मृतिमा सात आना एक पैसा दुई दाम जग्गादान गर्नुभएको विद्यालयका प्रधानाध्यापक रामहरि खड्काले बताउनुभयो ।

उक्त जग्गामा सुविधासम्पन विद्यालय भवन निर्माण गर्ने योजना रहेको प्रअ खड्काले बताउनुभयो ।

गत वैशाख १२ गतेको भूकम्पले विद्यालयको नौवटा भवनको ३२ कोठा ध्वस्त भएको थियो । दुई सय ९३ जना विद्यार्थी रहेको उक्त विद्यालय अहिले अस्थायी सिकाइ कक्षामा सञ्चालन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी