त्रिभुवन आर्मी क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा

त्रिभुवन आर्मी क्लब राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, असोज २५ ।

रेडबुल राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मी १५ खेलबाट ३० अंकका साथ शिर्ष स्थानमा छ । आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र टंक बस्नेतले समान २–२ गोल गर्दा भरत खवासले १ गोल थपे । नवयुग अहिलेसम्म १३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको तालिकामा शीर्ष स्थानमा छन ।

लिगमा आर्मी शीर्ष स्थानमा पुग्दा एक खेल कम खेलेको थ्रीस्टार क्लब २९ अंकसहित दोस्रो तथा मनाङ–मर्स्याङ्दी क्लब २८ अंकबाट तेस्रो स्थानमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी