संघीयतामा हेरफेरसहित संविधान संशोधन हुन्छ : गच्छदार

संघीयतामा हेरफेरसहित संविधान संशोधन हुन्छ : गच्छदार

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, २५ असोज ।

नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि संघीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै उहाँले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार संघीयताको संख्या र सीमामा हेरफेर गरिने र मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताउनुभयो ।

उहाँले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाउनुभयो । सो सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ ।

गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी